Monday, February 27, 2012

३ जनाको ज्यान जाने गरी भएको विष्फोटबारे अध्ययन गर्न टोली गठन

  Pramod Gharti / काठमाडौं, फागुन १५ - काठमाडौंको बबरमहलमा ३ जनाको ज्यान जाने गरी भएको बम विष्फोट बारे अध्ययन गर्न प्रहरी नायब महानीरिक्षक उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।
गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले अर्यालको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरिक्षक देवेन्द्र सुवेदी, प्रहरी बरिष्ठ उपरिक्षक केदार मानसिंह भण्डारी र प्रहरी उपरिक्षक सुवोध घिमिरे रहेको विशेष अनुसन्धान टोली गठन गरेको जानकारी दिनुभयो ।
प्रवक्ता कोइरालाले अनुसन्धान टोलीले घटनाबारे जतिसक्दो छिटो अध्ययन गरेर यथार्थ बाहिर ल्याउने जानकारी दिनुभयो । सोमवार दिउँसो बबरमहलमा रहेको आयल निगमको गेट नजिकै विस्फोट हुँदा ३ जनाको ज्यान गएको थियो । अरु ७ जना घाइते भएका थिए ।