Thursday, March 12, 2020

एनएमबि बैकका ग्रहाकलाई अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रा ली मा १०% छुट को अफर !


बुटवल, रुपन्देही।

एनएमबी बैंकका ग्राहकले बुटवल-१३ बेल्वासको अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रा ली मा १० प्रतिशत छुट पाउने भएका छन् । एमएमबी बैंक र अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रा ली बीच भएको सम्झौतामा दुवैले १ वर्षसम्म एनएमबी बैंकका ग्राहकले इलोक्ट्रोनिक माध्यमबाट भुक्तानी गरे स्वतः १० प्रतिशत छुट पाउने भएका हुन् ।

एनएमबी बैंकको देशभरका कुनै पनि शाखाका ग्राहकले यो सुविधाका लागि एनएमबी बैंकद्धारा जारी गरेको भिसा डेबिट कार्डमार्फत यो सुविधा लिन सक्नेछन् । ग्राहकले अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रा ली को रेष्टुरेन्टका सबै खाद्य वस्तु, पेय पदार्थ(अल्कोहल बाहेक) फुड एन्ड बेभरेजको उपभोग गर्दा बिल रकममा १० प्रतिशत छुट पाउने हुन् ।

यो सुबिधा एनएमबी बैंकको क्रेडिट कार्ड लिएका ग्राहकले समेत पाउनेछन् । सहमतिपत्रमा एनएमबी बैंकका ट्राफिक चोक शाखा प्रबन्धक नारायण शर्मा र  अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रा ली का ज्ञान प्रसाद खनालले हस्ताक्षर गर्नुभयो । यो १० प्रतिशत छुट अफर १ वर्ष सम्म लागू हुने एनएमबी बैंकका  शाखा प्रबन्धक शर्माले बताउनुभयो ।बैकले आगामि दिनमा अन्य होटल तथा संघ संस्थामा समेत यसप्रकारका सेवा सुविधा दिने अभियान जारी राख्ने बैकका कर्मचारी विजय राज अर्यालले जानाकारी दिनु भयो ।

Tuesday, March 3, 2020

एनएमबि बैकका ग्राहाकलाई होटल द मिरर इन र चौतारी खानपिनमा १०% छुट को अफर !

बुटवल, रुपन्देही।

एनएमबि बैँकका ग्राहकले बुटवलमा रहेका दुईवटा होटल होटल द मिरर इन र चौतारी खानपिनमा १०% छुट पाउने भएका छन । एनएमबि बैँक र होटल द मिरर इन र चौतारी खानपिन बिच भएको सम्झौतामा दुबैले एक बर्ष सम्म एनएमबि बैँकका ग्राहकले ईलेक्ट्रोनिक माध्यमबाट भुक्तानी गरे स्वतः १० % छुट पाउने भएका छन ।
एनएमबि बैकका देशभरका कुनैपनी शाखाका ग्राहकले यो सुविधाको लागी एनएमबि बैक द्धारा जारी भिसा डेबिट तथा क्रेडीट कार्ड मार्फत यो सुविधा लिन सक्नेछन। ग्राहाकले चौतारी खानपिन, बुटवल ११ देविनगर, बुटवल स्थित रेष्टुरेन्टमा विभिन्न परीकारका खानाको उपभोग गर्दा बिल रकममा १०% छुट पाउने भएका हुन । सहमति पत्रमा एनएमबि बैक बुटवल ट्राफिकचोकका शाखा प्रबन्धक नारायण शर्मा र होटलका तर्फबाट चौतारी खानपिनका दिपक न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो ।
यसै गरी होटल द मिरर ईन, ईटाभट्टि, बुटवल स्थित आवास तथा खानाको उपभोग गर्दा बिल रकममा १०% छुट पाउने छन् । सहमति पत्रमा एनएमबि बैक बुटवल ट्राफिकचोकका शाखा प्रबन्धक नारायण शर्मा र होटल द मिरर ईनका मणिकराज गौतमले हस्ताक्षर गर्नुभयो । सो होटमा पनि १० % छुट अफर १ वर्ष सम्म लागु हुने एनएमबि बैकका शाखा प्रबन्धक शर्माले बताउनुभयो बैकले आगामि दिनमा अन्य होटल तथा संघ संस्थामा समेत यसप्रकारका सेवा सुविधा दिने अभियान जारी राख्ने बैकका कर्मचारी विजय राज अर्यालले जानाकारी दिनु भयो ।