बुटवल, रुपन्देही।
एनएमबि बैँकका ग्राहकले बुटवलमा रहेका दुईवटा होटल होटल द मिरर इन र चौतारी खानपिनमा १०% छुट पाउने भएका छन । एनएमबि बैँक र होटल द मिरर इन र चौतारी खानपिन बिच भएको सम्झौतामा दुबैले एक बर्ष सम्म एनएमबि बैँकका ग्राहकले ईलेक्ट्रोनिक माध्यमबाट भुक्तानी गरे स्वतः १० % छुट पाउने भएका छन ।
एनएमबि बैकका देशभरका कुनैपनी शाखाका ग्राहकले यो सुविधाको लागी एनएमबि बैक द्धारा जारी भिसा डेबिट तथा क्रेडीट कार्ड मार्फत यो सुविधा लिन सक्नेछन। ग्राहाकले चौतारी खानपिन, बुटवल ११ देविनगर, बुटवल स्थित रेष्टुरेन्टमा विभिन्न परीकारका खानाको उपभोग गर्दा बिल रकममा १०% छुट पाउने भएका हुन । सहमति पत्रमा एनएमबि बैक बुटवल ट्राफिकचोकका शाखा प्रबन्धक नारायण शर्मा र होटलका तर्फबाट चौतारी खानपिनका दिपक न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो ।
यसै गरी होटल द मिरर ईन, ईटाभट्टि, बुटवल स्थित आवास तथा खानाको उपभोग गर्दा बिल रकममा १०% छुट पाउने छन् । सहमति पत्रमा एनएमबि बैक बुटवल ट्राफिकचोकका शाखा प्रबन्धक नारायण शर्मा र होटल द मिरर ईनका मणिकराज गौतमले हस्ताक्षर गर्नुभयो । सो होटमा पनि १० % छुट अफर १ वर्ष सम्म लागु हुने एनएमबि बैकका शाखा प्रबन्धक शर्माले बताउनुभयो बैकले आगामि दिनमा अन्य होटल तथा संघ संस्थामा समेत यसप्रकारका सेवा सुविधा दिने अभियान जारी राख्ने बैकका कर्मचारी विजय राज अर्यालले जानाकारी दिनु भयो ।

No comments:
Post a Comment
Please only well comment here.