Tuesday, March 23, 2021

एनएमबीको क्युआर कोडबाट गैडाकोट एग्रोमार्टमा विद्युतिय भुक्तानी सुरु !




एनएमबीको क्युआर कोडबाट गैडाकोट एग्रोमार्टमा विद्युतिय भुक्तानी सुरु भएको छ।

शनिबार गैडाकोट एग्रोमार्टबाट संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीलाई क्यूआर कोड दिइएको हो। एनएमबी बैंक गैडाकोट शाखाबाट यो कोड दिइएको थियो।

गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्धघाटन गरे। 
 

No comments:

Post a Comment

Please only well comment here.